२१ मिनेट घटाइयो ‘रङ्गेली’
वि.सं.२०८० फागुन २७ आइतवार १३:३३
1.75K
shares

काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र रंगेलीको लम्बाई घटाइएको छ । निर्माण टिमले फिल्मको २१ मिनेटको दृश्य सम्पादन गरेको हो ।
यसअगाडि फिल्मको लम्बाई २ घण्टा ५१ मिनेटको थियो । दर्शकले फिल्म लामो भएको गुनासो गरेपछि फिल्मको लम्बाई घटाइएको हो ।
अर्जुन सुवेदीको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ । ग्याङस्टार जनरामा निर्माण गरिएको फिल्मलाई दर्शकले माया दिइरहेका छन् ।
वि.सं.२०८० फागुन २७ आइतवार १३:३३
1.75K
shares





