सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

686 shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा लगातार बृद्धि भइरहेको छ । दिन प्रतिदिन सुनको मूल्यले नयाँ रेकर्डहरु कायम गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य १ लाख ३१ हजार ६ सय रुपैँयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ३० हजार ९ सय ५० रुपैँया कायम भएको छ ।

यता चाँदीको मूल्य प्रतितोला १५ सय ३५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।

 

686 shares