तीन दिनमा कति कमायो तब्बु, करिना र कृतिको फिल्मले ?

1.58K shares

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘क्रु’ले बक्स अफिस दमदार प्रदर्शन गरिरहेको छ । फिल्मले शुक्रबार, शनिबार र आइतबार राम्रो कलेक्सन गरेको छ ।

शुक्रबार फिल्मले १०.२८ करोडको ओपनिङ गरेको थियो । फिल्मले शनिबार १०.८७ करोड र आइतबार ११.४५ करोड भारु गरि ३२.६० करोडको कलेक्सन गरेको छ ।

फिल्ममा एयर होस्टेजको कथा देखाइएको छ । एयर होस्टेजको रुपमा तब्बु, करिना कपुर, कृति सेनन रहेका छन् । तीन महिला पात्रहरुको कथालाई दर्शकले रुचाएका छन् ।

राजेश ए कृष्णाले निर्देशन गरेको फिल्ममा कपिल शर्मा र दिलजित दोसान्तको पनि अभिनय रहेको छ ।

1.58K shares