बल्ल घट्यो सुनको मूल्य

1.86K shares

काठमाडौँ । नेपाली बजारमा केहि समययता सुनको मूल्यमा लगातार बृद्धि भइरहेको थियो । आज मंगलबार भने सुनको मूल्य थोरै घटेको छ । बजारमा तोलाको ४ सय रुपैँयाले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३१ हजार २ सय रुपैँया र तेजाबी सुनको मूल्य १ लाख ३० हजार ५ सय ५० रुपैँया कायम भएको छ ।

यता चाँदीको मूल्य भने तोलाको १० रुपैँयाले बढेको छ । बजारमा चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैँयामा कारोबार भइरहेको छ ।

1.86K shares