ज्वाइँ बन्दै जितु नेपाल

1.93K shares

काठमाडौँ । बसन्त निरौलाको निर्देशनमा बन्ने ‘ज्वाइँ साब’को मुख्य भूमिकामा जितु नेपाल अनुबन्धित भएका छन् । निर्माण टिम र जितुबिच कागजी सम्झौता पनि भइसकेको छ ।

फिल्मलाई रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गरिने भएको छ । सामाजिक कथाबस्तुलाई फिल्ममा कमेडी शैलिमा देखाइने जनाइएको छ ।
फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मको कथा सविन अधिकारीको रहेको छ भने शांकर धितालको पटकथा तथा संवाद रहेको छ ।

आगामी वर्षको तिहारमा प्रदर्शनमा ल्याउने गरि फिल्मको छायांकन वैशाख १५ गतेबाट सुरु गरिने जनाइएको छ ।

1.93K shares