हार्ले डेभिडसनमा पूजाको इन्ट्री

707 shares

काठमाडौँ । जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दान्भी’मा पूजा शर्माको इन्ट्री सिनको छायांकन भइरहेको छ । निर्माण टिमले उनको इन्ट्री सिनका केहि तस्बिरहरु पनि सार्वजनिक गरेको छ ।

केहि समय अगाडि सार्वजनिक भएको टिजरमा पूजालाई एक्सन गर्दै गरेको देखाइएको थियो । महिला प्रधान चलचित्र रहेको दान्भीमा उनि एक्सन अवतारमा देखिने जनाइएको छ ।

फिल्ममा उनको इन्ट्री हार्ले डेभिडसन बाइकमा गराइएको छ । हार्ले संसारकै महंगो बाइक मानिन्छ । उनलाई सकेसम्म स्टाइलिस देखाउने प्रयास गरिएको तस्बिरमा देख्न सकिन्छ ।

रुपेश तामाङको निर्देशन रहेको फिल्ममा पूजाको जोडीका रुपमा कुन्साङ बोमजन रहेका छन् । फिल्ममा किरण श्रेष्ठको पनि अभिनय रहेको छ ।

707 shares