आज पनि तोलामा एक हजार बढ्यो सुनको मूल्य

462 shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बृद्धि भइरहेको छ । बजारमा आज पनि सुनको मूल्य तोलामा १ हजार रुपैँयाले बढेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य बढेर तोलाको १ लाख ३४ हजार रुपैँया कायम भएको छ । यता तेजाबी सुनको मूल्य १ लाख ३३ हजार ३ सय ५० रुपैँया कायम भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला ४० रुपैँयाले वृद्धि भएर १ हजार ६ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।

 

462 shares