फिल्म फ्लपमा पूजा शर्माको ह्याट्रिक

525 shares

काठमाडौँ । अभिनेत्री पूजा शर्माको करिअर आजभोलि राम्रो चल्न सकिरहेको छैन । सन् २०१६ मा आएको प्रेमगितले उनलाई ठुलै सफलता दिलायो । उनलाई फिल्मले रातारात चर्चाको शिखरमा पुर्यायो ।

प्रेमगित प्रदर्शन पछि उनलाई दर्शकले स्टारको रुपमा स्विाकार गरे । त्यसको परिणाम स्वरुप त्यसपछि प्रदर्शनमा आएका उनका केहि फिल्मले ठिकठाक व्यापार गरे । उनको करिअर ठिकठाक चलिरहेको थियो । तर, पछिल्लो दुई वर्षमा उनका तीन फिल्म प्रदर्शनमा आए । तीनै फिल्म फ्लप भए । उनको दुई फिल्म त प्रदर्शनमा आएको दर्शकले पत्तो नै पाएनन् ।

२०७८ को फागुनमा प्रदर्शनमा आएको उनको सम्हालिन्छ कहिले मनले पानि पनि भन्न पाएन । आकाश श्रेष्ठ र पूजा र सोनम तोप्देनको जोडिलाई दर्शकले रुचाएनन् । त्यस्तै, २०७९ मा सम्झना विर्सनालाई दर्शकले विर्सिदिए । फिल्म सुपर फ्लप भयो ।

लगातार दुई फिल्म फ्लप भएपछि ज्ञानेन्द्र देउजाको उपहारले उनलाई राहत दिने आशा गरिएको थियो । तर, यो फिल्म पनि फ्लप भयो । स्टारकास्टले भरिएको फिल्ममा रेखा थापा, पूजा, बेनिशा हमाल लगायतका कलाकार हुँदा पनि स्टारहरुको जादु दर्शकमाझ चल्न सकेन । यो सँगै उनका दुई वर्षमा तीन फिल्म फ्लप भए ।

फिल्म सफल हुँदा त्यसको श्रेय सिंगो टिमलाई विशेषगरि कलाकारलाई जाने गर्छ । फ्लप हुँदा त्यसको केहि अंश कलाकारको भागमा पनि पर्छ । फिल्म असफल हुँदा कलाकारको करिअरमा पनि त्यसले असर गर्छ । उनका फिल्म मात्र फ्लप भएनन्, अभिनय पनि विर्सन लायक रहे । यस्तैमा उनको कमाण्डमा एक्सन फिल्म दान्भी आगामी वर्ष प्रदर्शनमा आउँदैछ ।

525 shares