आजपनि बढ्यो सुनको भाउ, तोलाको कति ?

2.08K shares

काठमाडौँ । नेपाली बजारमा लगातार सुनको भाउ बढिरहेको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला ६ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैँया र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैँया कायम भएको छ ।

बजारमा चाँदीको मूल्य पनि तोलामा १५ रुपैँयाले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।

2.08K shares