सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

2.02K shares

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ लगातार बढिरहेको छ । आज पनि सुनको मूल्य प्रतितोला १७ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर १ लाख ३९ हजार २ सय रुपैँया कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बजारमा चाँदीको भाउ ३५ रुपैँयाले बढेर १ हजार ७ सय ५० रुपैँया कायम भएको महासंघले जनाएको छ ।

2.02K shares