दुईवटा राँगोमाथि सौगातको इन्ट्रि, ब्रेकअपपछि सृष्टिसँगै रोमान्स गर्दै

455 shares

काठमाडौँ । सौगात मल्लले निगम श्रेष्ठको ‘भाइरल गोर्खे’मा काम गर्ने भएका छन् । आज फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको घोषणा पनि गरिएको हो ।

सार्वजनिक पोष्टरमा सौगातलाई मात्र देखाइएको छ । दुई वटा राँगोमाथि खुट्टा राखेर सौगातले पाखुरा देखाएका छन् । पछाडिपट्टि गाउँको लोकेशन देखाइएको छ । पोष्टरबाट फिल्म कमेडि जनरामा निर्माण हुने संकेत गरिएको छ । सौगातले पोष्टर शेयर गर्दै लेखेको हाँस्नलाई तयार हुनुस् भन्ने शब्दले पनि यसलाई बल पुर्याउँछ ।

फिल्ममा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्स गर्नेछन् । यी दुईबिच पाँच वर्ष लामो प्रेम सम्बन्ध टुंगीएको थियो । बजारमा दुईबिच बोलचाल बन्द भएको हल्ला भएपनि फिल्ममा एकसाथ काम गर्न राजि भएका छन् ।

फिल्मका निर्माता विशाल ताम्राकार र महेश लामिछाने रहेका छन् । लमजुङ र गोर्खामा फिल्मको छायांकन हुने जनाइएको छ । फिल्ममा सौगात र सृष्टिको साथमा बुद्धि तामाङ र लक्ष्मी गिरीको मुख्य भूमिका रहेको छ ।

455 shares