भोट सुहाङलाई दिनुस्, विकासको जिम्मा एमालेले लिन्छ : केपी ओली
वि.सं.२०८१ वैशाख ५ बुधवार १३:१५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालले पढेलेखेको काम गर्न सक्ने युवालाई उठाएको बताएका छन् । इलाम क्षेत्र नम्बर २ को मंगलबारेमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेले योग्य उम्मेदवार उठकै कारण माओवादी केन्द्र, नेकपा माओवाद तथा नेपाल परिवार दलले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेका बताए। ‘ पढेलेखेको विद्वान युवा, १८ घण्टा काम गर्न सक्ने, एक पैसा तलमाथि भ्रष्टाचार नगर्ने, त्यस्तो नेता हामीले खडा गरेका छौँ’, ओलीले भने ।
सबैलाई आफैँ आफैँ चुनाव लड्न मन भए पनि एमालेले सुरु गरेको देश निर्माणको अभियानमा साथ दिन अन्य दलले एमालेका उम्मेदवारलाई समर्थन गरेका ओलीले बताए । इलामका जनताले जिताएर पठाएका सुवास नेम्वाङले देशलाई संविधान दिएको बताउँदै ओलीले अब जितेर जाने उम्मेदवारले पनि त्यतिकै योगदान देश र जनतालाई गर्ने ओलीले दाबी गरे ।
ओलीले इलामको विकासको जिम्मा एमालेले लिने बताए । ‘सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिन्छ, सुहाङ नेम्वाङको जिम्मा म लिन्छु, यहाँको विकासको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्’, उनले भने ।
।
पैसा कमाउने हो भने ओरालो र उकालो दौडनु नपर्ने ओलीको भनाइ छ । सोफामा बसेर उपरखुट्टी लगाएरै पैसा कमाउन सकिने उहाँले प्रष्ट पारे । सुहाङ नेम्वाङ समृद्धिको सपना पुरा गर्न उकालो र ओरालो दौडिएको उनले बताए । इलामबाट सुहाङले चुनाव हार्दा सुहाङलाई होइन इलामलाई घाटा पर्ने ओलीले दावि गरे ।
ओलीले सांसद हुने कुरा भन्दा पनि देश बनाउने कुरा प्रमुख भएको बताए । ओलीले इलाम आउँदा आफू सधैँ सुवाससँगै आउने गरेको भए पनि अहिले सुवासको अनुपस्थितिमा उहाँको उद्देश्य पुरा गर्ने सङ्कल्पका साथ इलाम आएको बताए। ओलीले एमालेले सबै धर्म, संस्कार, संस्कृति र समुदायको सम्मान गर्ने बताए। ‘आफ्नो धर्म के हो पालना गर्नु, अरूलाई किन हेला गर्नु ?’ उनले प्रश्न गरे । ।
वि.सं.२०८१ वैशाख ५ बुधवार १३:१५





