‘फर्की फर्की’को ट्रेलरमा टाइम ट्राभलको कथा

2.41K shares

काठमाडौँ । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

साढे ३ मिनेट लामो ट्रेलरमा टाइम ट्राभलको कथा देखाइएको छ । अनमोल केसी र जसिता गुरुङको केमेष्ट्रि राम्रो देखिएको छ । यो फिल्मको फर्स्ट ट्रेलर मात्र हो भनिएको छ अर्को ट्रेलरमा फिल्मको थप कथालाई विस्तार गरिने जनाइएको छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर मेकीङ राम्रो देखिएको छ । फिल्मबाट नयाँ तरिकाले प्रेमकथा भन्ने कोशिष गरेको निर्देशक गुरुङले बताए ।

फिल्ममा अनमोल र जसिताका साथमा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी रहेका छन् ।

 

2.41K shares