प्रदीपलाई अनमोलको व्यंग्य, ‘मेरो पाइपलाईनमा १० वटा फिल्म छैन’
वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:००
2.08K
shares

काठमाडौँ । अभिनेता अनमोल केसीले ‘फर्की फर्की’ पछि आफुसँग कुनै फिल्म नभएको बताएका छन् । फिल्मको सफलता र असफलतापछि अर्को फिल्मको बारेमा सोच्ने उनले बताएका छन् ।
आफुसँग पाइपलाइनमा अरु एक्टरको जस्तो १०–१० वटा फिल्म नभएको उनले बताएका छन् । उनको यो अभिव्यक्ति प्रदीप खड्का माथिको व्यंग्य भनेर धेरैले संकेत गरेका छन् । पछिल्लो समय प्रदीपले धमाधम फिल्म साइन गरिरेका छन् । उनको पाइपलाईनमा ७ वटा फिल्म रहेको भनेर खबरहरु बाहिरिएका छन् । यस्तोमा अनमोलको अभिव्यक्ति प्रदीप लक्षित रहेको अनुमान गर्न सकिन्छ ।
फर्की फर्की जेठ १० गते प्रदर्शनमा आउँदैछ । सोहि दिन प्रदीपको पुजार सार्की पनि प्रदर्शनमा आउँदैछ । यो भिडन्तलाई चलचित्र नगरीले नजिकबाट हेरिरहेको छ ।
वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:००
2.08K
shares





