‘मनसरा’को ‘झ्यालको’ गीत सार्वजनिक

511 shares

काठमाडौँ । वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मनसरा’को ‘झ्याल’को बोलको गीत सार्वजनिक भएको छ । सोमबार जी२१ डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

हर्क साउदको शब्द रहेको गीतमा झुमा लिम्बुको कम्पोजिसन रहेको छ । गीतमा सनुप पौडेल र झुमा लिम्बुको स्वर रहेको छ ।

उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्ममा अन्तरजातिय र विवाहोत्तर सम्बन्धको कथा देखाइएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ ।

 

511 shares