जेठ १ देखि ३ गतेसम्म ‘विद्यार्थी महोत्सव’ गर्दै अनेरास्ववियु

637 shares

काठमाडौं । नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्ववियुले स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने भएको छ । अनेरास्ववियुले जेठ १ देखि ३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा महात्सव गर्ने भएको हो ।

आफ्नो स्थापना दिवसलाई ऐतिहासिक बनाउन विद्यार्थी महोत्सव गर्न लागेको अनेरास्ववियुका उपाध्यक्ष तथा कार्यक्रम संयोजक धर्म गिरीले बताए । ‘सुचना प्रविधीमा नेपालले के गर्दै छ ? विश्व जगत एआइमा पुग्दा नेपाल कहाँ पुग्यो ? कहाँ चुक्यो ? भन्ने विषयको खोजका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हामीले विश्वास लिएको छौं’ उनले भने ।

महोत्सवमा विभिन्न १४ वटा कार्यक्रमहरु विशेष रुपमा दर्शाइँदै छ । जसमा रोबोटको भिडन्त देखि लाइभ म्युजिक अर्थात् ख्याति प्राप्त कलाकार र व्याण्डको सांगितिक प्रस्तुति (कन्सर्ट) पनि रहने छ । विश्वविद्यालयका इनोभेटिभ प्रतिभाहरु मार्फत विद्यालयका बिधार्थीहरुलाई प्रोत्साहित गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको हो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालका अनुसार विद्यार्थीलाई पढाईंसँगै सिप र उद्यमसँग यो महोत्सवले जोड्नेछ । ‘नयाँ पुस्ताका विद्यार्थीलाई मुलुकको संस्कृतिसँग जोड्न विविधतायुक्त कल्चरल प्रस्तुतसहित यावत् कुराको ज्ञान र अध्ययनको केन्द्र यस महोत्सवमा राख्ने र देखाउने जमर्को हामीले गरेका छौं । आशा छ यस महोत्सवमा विद्यार्थीको सहभागिता उल्लेखनीय हुनेछ’ अध्यक्ष बडालले बताए

अनेरास्ववियुले यस विद्यार्थी महोत्सवमा नेपालमा विद्यार्थीको मूल्य, गुणस्तर र प्रवर्धनका लागि शिक्षाविद्, विद्यार्थी र सरोकारवालाहरूलाई एउटै मञ्चमा समेत उभ्याउँदै छ ।

यस्ता छन् कार्यक्रमहरु:

अनेरास्ववियुको बारेमा (ABOUT ANNFSU)

लाइभ म्युजिक (LIVE MUSIC)

प्रत्यक्ष परियोजना (LIVE PROJECT)

करियर काउन्सिलिङ (CAREER COUNSELLING)

युवा संसद बहस र संवाद (YOUTH PARLIAMENT DEBATE & DIALOUGE)

सांस्कृतिक प्रदर्शनी (CULTURAL EXHIBITION)

रक्तदान तथा स्वास्थ्य शिविर (BLOOD DONATION & HEALTH CAMP)

फूड स्टल (FOOD STALL)

ई-गेमिङ प्रतियोगिता (E-GAMING COMPETITION)

पर्यटन भिजन (TOURISM VISION)

विश्वविद्यालय जानकारी (UNIVERSITY INFO)

कानूनी शिविर (LEGAL CAMP)

लाइभ पेन्टिङ प्रतियोगिता (LIVE PAINTING COMPETTITON)

चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण (FILM SCREENING & DOCUMENTATION)

637 shares