जीतपछि सुहाङ भन्छन्, ‘मतदाताको शिर कहिल्यै झुक्न दिन्न’

616 shares

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनमा जीतपछिसुहाङ नेम्बाङले हरेक मतदाताको एक एक मतको सम्मान गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि आयोजित कार्यक्रममा बोल्दै नेम्बाङले नागरिकको हरेक मतको सम्मान गरेर अघि बढ्ने बताए ।

उनले आफ्ना पिता सुवासचन्द्र नेम्वाङले देखाएको उज्यालो बाटो समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘तपाईँहरूको शिर कहिल्यै पनि झुक्न दिने छैन’, उनले भने ।

इलामको विकास गर्न सबैको सल्ला सुझाव लिएर अघि बढ्ने उहाँले बताए । ‘यहाँहरूकै सल्लाह, सुझाव लिएर, तपाईँहरुकै भावना अनुसार चल्ने छु’, कार्यक्रममा उनले भने ।

कार्यक्रम इलामका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे निर्वाचन आयोगले छोटो अवधिमा नै निर्वाचनको काम सम्पन्न गर्न जिम्मेवारी दिएको भए पनि कुनै त्रुटि नहोस् भनेर काम गरेको बताए । सबैको समन्वयकारी भूमिकाको कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए।

616 shares