‘पुजार सार्की’को ‘रिमै’ गीत सार्वजनिक

3.1K shares

काठमाडौँ । जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र पुजार सार्कीको रिमै गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै जाँदा प्रचार प्रसारलाई तिव्र बनाएको निर्माण टिमले आज फिल्मको दोश्रो गीत सार्वजनिक गरेको हो ।

निर्देशक दिनेश राउतको शब्द रहेको गीतमा सुवास भुसालको संगीत रहेको छ । गीतमा देवेन्द्र बराल र मुना ठटालले स्वर दिएका छन् । मर्मस्पर्शी भावको गीत सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया पाइरहेको छ । गीतको भिडियोमा फिल्मका कलाकार आर्यन सिग्देल र अञ्जना बराइली, प्रदीप खड्का र परीक्षा लिम्बूको प्रेम देखाइएको छ ।

विकास सुवेदीको कथा रहेको फिल्ममा जातिय विभेदविरुद्धको कथा उठाइएको छ । फिल्ममा आर्यन, प्रदीप, अञ्जना, परीक्षाको साथमा पल शाह मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

 

3.1K shares