सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
वि.सं.२०८१ जेठ १८ शुक्रवार ०५:५५
2.07K
shares

काठमाडौँ । आज शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १७ सय रुपैँयाले बढेको हो ।
सुनको मुल्य बढेर तोलाको १ लाख ४२ हजार २ सय रुपैँया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने तोलामा २५ रुपैँयाले घटेको छ । चाँदीको मूल्य १ हजार ८ सय ७५ रुपैँया प्रतितोला कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ जेठ १८ शुक्रवार ०५:५५
2.07K
shares




