सांसद बनिन् कंगना रनावत
वि.सं.२०८१ जेठ २२ मंगलवार १२:१७
1.39K
shares

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनावतले लोकसभाको निर्वाचन जितेकी छन् । भारतीय जनता पार्टी बाट उम्मेदवार बनेकी उनले निर्वाचन जितेकी हुन् ।
हिमाञ्चल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकी उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजार बढी मत अन्तरले हराएकी हुन् । पछिल्लो समय फिल्मभन्दा बढि विवादित बयानका कारण चर्चामा आउने गरेकी उनि पहिलो प्रयासमा लोकसभाको सदस्य बनेकी छन् ।
उनका ‘वन्स अप अन अ टाइम इन मुम्बइ’, ‘तनु वेड्स मनु’, ‘ग्याङस्टार’जस्ता फिल्म चर्चामा छन् ।
वि.सं.२०८१ जेठ २२ मंगलवार १२:१७
1.39K
shares





