प्रदीप खड्काको ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज

2.33K shares

काठमाडौँ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ ओटीटी प्लेटफर्म भिडियोपसल एपमा रिलिज भएको छ । प्रदर्शनको लगभग २ वर्षपछि फिल्म ओटीटीमा रिलिज भएको हो ।

कर्णालीको परिवेशमा जनयुद्धमा वेपत्ता पारिएकाको परिवारको कथा देखाइएको फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्ममा प्रदीपको अभिनयलाई सबैले प्रशंसा गरेका थिए ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र नेपालमा भिडियो पसल एपमा र विदेशबाट एप्पल पे, गुगल पे, मेपल, डेबिट–क्रेडिट कार्डबाट हेर्ने सकिन्छ ।

2.33K shares