‘तारा’को ट्रेलर सार्वजनिक
वि.सं.२०८१ जेठ २२ मंगलवार ०९:२०
2.23K
shares

काठमाडौं । चलचित्र तारा : द लस्ट स्टारको ट्रेलर सार्वजनिक भएको छ । फिल्मको चरित्र चित्रण र कथाबस्तुको बारेमा जानकारी दिने ट्रेलर सदा प्रोडक्सनमार्फत सार्वजनिक गरिएको हो ।
साम्तेन भुटियाको निर्देशनमा बनेको फिल्म विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको मार्केट खण्डमा छनोट भएको थियो । फिल्ममा पहिचानको खोजीमा निस्किएकी महिलाको कथा देखाइएको छ । फिल्ममा श्यामाश्री शेर्पाको मुख्य भुमिका रहेको छ ।
फिल्मको नेपाल रिलिज मिति चाँडै तय गरिने निर्माण टिमले जनाएको छ । फिल्म भारतमा भने १४ जुनमा रिलिज हुनेछ ।
वि.सं.२०८१ जेठ २२ मंगलवार ०९:२०
2.23K
shares





