प्रियंका कार्की अब ‘माईली’

1.51K shares

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की पछिल्लो समय फिल्महरुमा देखिएकी छैनन् । रियालिटी शो को निर्णायकको रुपमा व्यस्त उनि, अब भने फिल्ममा फर्कीने भएकी छन् ।

कार्की ‘माईली’ फिल्मबाट ठुलो पर्दामा फर्कीने भएकी हुन् । बाबु साहेब बलामीको निर्देशनमा रुना इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण हुनेछ ।

सत्य घटनामा आधारित कथामा बन्ने फिल्ममा एकल महिलाको कथा देखाइने जनाइएको छ । फिल्म असार अन्तिम साताबाट छायांकनमा जाने तयारी गरिएको छ ।

 

1.51K shares