नेदरल्यान्ड्सलाई पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा

462 shares

काठमाडौँ । युरोकपको अन्तिम सेमिफाइनल खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै इंगल्यान्ड फाइनल प्रवेश गरेको छ । गएराति सिग्नल इडुना पार्कमा भएको खेलमा इंगल्यान्डले २–१ गोल अन्तरले नेदरल्याण्ड्सलाई पराजित गरेको हो ।

खेलको सुरुवाती सातौँ मिनेटमै जावी सिमोन्सले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । तर, खेलको १८ औँ मिनेटमा ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै खेललाइ बराबरीमा ल्याएका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमै ओली वाटकिन्सले गोल गर्दै इंगल्याण्डलाई जित दिलाए । अब इंगल्याण्डले आगामी सोमबार उपाधिका लागि स्पेनसँग भिड्नेछ ।

462 shares