विकासको काममा सत्तापक्ष र प्रतिपक्ष भन्न हुँदैन : अर्थमन्त्री पोडेल

854 shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासको काममा सत्तापक्ष र प्रतिपक्ष भन्न नहुने बताएका छन् । बुटवलमा बन्न लागेको १ हजार २ सय शय्याको प्रादेशिक अस्पताल भवनको शिलान्यास गर्दै पौडेलले विकासको काम सबै मिलेर गर्नुपर्ने बताए । विकास निर्माणको काममा सत्ता पक्ष प्रतिपक्ष सँगसँगै हिँड्नु पर्ने उनले बताए ।

उनले अस्पतालको काम समयमै सक्न निर्देशन समेत दिए । तर, छिटो काम सक्ने नाममा गुणस्तरमा भने सम्झौता हुन नसक्ने उनले स्पष्ट पारे । उनले अस्पताल निर्माण र व्यवस्थापनको काममा संघीय सरकारले सबै खालका सहयोग गर्ने बचन दिए । अस्पताल भवन निर्माणको जनस्तरबाट नियमित निगरानी हुनुपर्ने पनि उनको जोड थियो ।

६ अर्ब १८ करोड ७५ लाख रुपैँयाको लागतको उक्त अस्पताल भवन बन्न लागेको हो । भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई उनले सुझाव दिए । त्यसको लागि अहिलेबाटै योजना बनाएर काम थाल्न आग्रह गरे ।

854 shares