‘देवी’ को ‘सेलाइ देऊ खोलामा’ गीत सार्वजनिक

वि.सं.२०८१ भदौ १६ आइतवार ०८:५५

काठमाडौँ । भाद्र २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत फिल्मको मर्मस्पर्शी गीत सार्वजनिक भएको हो ।
सुश्मा सिग्देलको शब्द रचना रहेको गीतमा सुशान्त गौतमको संगीत निर्देशन रहेको छ । गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर रहेको छ । फिल्मको यसअगाडि टिजर, ट्रेलर र गीत पनि सार्वजनिक भइसकेको छ ।
सञ्जाग राईको निर्देशनमा बनेको फिल्ममा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी लगायतका कलाकारको अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा बनेको फिल्ममा बलात्कार जस्तो संवेदनशिल मुद्दा उठाइएको छ ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्मलाई प्रदर्शनको लागि बाँसुरी फिल्मसँग सहकार्य गरिएको छ । फिल्ममा रेमन गुरुङ र सञ्जोग राई लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता जावेद खान हुन् भने सहनिर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।
फिल्म सुदर्शन थापाको ‘रावायण’सँग भिड्दैछ । ‘रावायण’मा पल शाह र पुजा शर्माको मुख्य भूमिका रहेको छ ।

वि.सं.२०८१ भदौ १६ आइतवार ०८:५५