दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति
वि.सं.२०८१ असोज २ बुधवार १३:१८
1.79K
shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित धादिङका प्रकाशचन्द्र दाहाल र बाग्लुङका जीवन पाण्डेविरुद्ध पनि पक्राउ गर्न अनुमति दिएको छ।
उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो। प्रहरीको साईबर ब्युरोले प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको छ। प्रसाईलाई पक्राउ गर्ने तयारी भइरहेको छ।
यस्तोमा प्रसाइँले आकास्मिक पत्रकार सम्मेलन गर्दैछन् ।
वि.सं.२०८१ असोज २ बुधवार १३:१८
1.79K
shares





