‘छक्कापञ्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक

वि.सं.२०८१ असोज २ बुधवार ११:२१
973
shares

काठमाडौँ । नेपाली चलचित्रको सफल सिरिज ‘छक्का पन्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक भएको छ । बुधबार ओएसआर डिजिटल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।
गीत बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वरमा तयार गरिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल लगायत फिचर्ड छन् । भिडियोमा कमेडियन गौडेल, सुरवीर पण्डित र रामेश्वर केसीलाई पनि प्रस्तुत गरिएको छ ।
गीतमा ब्रेकअपपछि प्रेमीले प्रेमीकाप्रति गरेको व्यवहारलाई प्रस्तुत गरिएको छ । फिल्मलाई दीपाश्री निरौला निर्देशन गरेकी हुन् । फिल्म असोज २४ गते फुलपातीको दिनबाट प्रदर्शनमा आउनेछ ।

वि.सं.२०८१ असोज २ बुधवार ११:२१
973
shares