‘खुस्मा’को प्रिमियर : अतिथिले राम्रो भने, दर्शकले औशत

707 shares

काठमाडौँ । असोज ३ भोली बिहीबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘खुस्मा’को प्रिमियर सम्पन्न भएको छ । मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा फिल्मको प्रिमियर गरिएको थियो ।

प्रिमियरमा फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी मगर समुदायको पहिरनमा पुगेका थिए । उनिहरुलाई बाजागाजासहित इन्ट्रि गराइएको थियो । यस्तै, शो मा निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तावा राई, निर्देशक घनश्याम लामिछाने, लेखक प्रदीप भारद्वाज, निर्माता रोहित अधिकारी लगायतको उपस्थिति थियो । शो मा राजनीतिकर्मी ज्ञानेन्द्र शाही पनि पुगेका थिए । प्रिमियरमा फिल्मको छायांकन भएको ठाउँ रुकुमका स्थानिय बासिन्दाको राम्रो उपस्थिति रहेको थियो ।

फिल्म हेरेर अतिथिहरुले राम्रो बनेको प्रतिक्रिया दिए भने धिरज र उपासनाको अभिनयको तारिफ पनि गरे । द्वन्दकालिन समयको कथा देखाइएको छ फिल्ममा । अतिथिहरुले फिल्म हेर्दा आँखा रसाएको बताए ।

यता प्रिमियरमै उपस्थित दर्शकले भने फिल्म औशत बनेको प्रतिक्रिया दिए । अतिथिलाई फिल्मको बारेमा बोल्दा राम्रो बोल्नुपर्ने बाध्यता हुन्छ । मिडियामै राम्रो बोलेका कतिपय अतिथिले बाहिर कुरा गर्दा फिल्म औशत रहेको बताए ।

फिल्मले तत्कालीन द्वन्दकालको समय परिस्थितिको चित्रण भने राम्रोसँग गर्नसकेको अधिकांशको धारण थिए । अशोक थापामगरको लेखन तथा निर्देशनमा बनेको फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन , सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्ममा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगरको लगानी रहेको छ । फिल्मको सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

707 shares