‘झिल्को’को प्रदर्शन मिति सार्वजनिक

1.56K shares

काठमाडौँ । यादवकुमार भट्टराईको निर्देशनमा बनेको फिल्म ‘झिल्को: द स्पार्क’ को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । फिल्मको पोष्टर सार्वजनिक गर्दै पौष ५ गतेलाई प्रदर्शन मिति समेत तोकिएको छ ।

सार्वजनिक पोष्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल, र आयुषी ढकाललाई प्रस्तुत गरिएको छ । सुनिल पोखरेलले लामो समयपछि यहि फिल्मबाट कमब्याक गर्दैछन् ।

पोस्टरमा मोबाइल फोन फोकस गरिएको छ । यस्तोमा फिल्ममा ग्याजेट दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार तथा समाजमा पार्ने प्रभाव देखाईने संकेत गरेको छ ।

निर्देशक भट्टराईले यसअगाडि भोर र झोला निर्देशन गरेका थिए । झोला ब्यवसायीक रुपमा पनि सफल भएको थियो । फिल्मको पटकथा तथा संवाद निर्देशक भट्टराई, अरुणदेव जोशी र देव व्रतले तयार पारेका हुन् ।

फिल्ममा सुशीला आचार्य र राम गोपाल थापा को लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् ।

1.56K shares