‘खुस्मा’ले साढे ४ करोड कमाएको दाबि

2.23K shares

काठमाडौँ । गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र खुस्मा दोश्रो सातामा प्रवेश गरेको छ । केहि हलहरुमा फिल्मले पहिलो साता ठिकठाक कलेक्सन गरेको थियो ।

फिल्मको निर्माण टिमले कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरको कलेक्सनमा ४ करोड ५५ लाख रुपैँया ग्रस कलेक्सन गरेको दावि छ । यसो त बक्स अफिस रिपोर्ट आधिकारीक रुपमा सार्वजनिक नहुँदा निर्माताले सार्वजनिक गरेको रिपोर्ट नै मान्नुपर्ने बाध्यता छ । कतिपय निर्माताले फिल्म हिट भएको दाबि गर्न पनि कलेक्सन रिपोर्ट बढाएर सार्वजनिक गर्ने गरेका छन् ।

अशोक थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगरको लगानी रहेको छ । फिल्मको सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

2.23K shares