चलचित्र विकास बोर्डको बोल्ड निर्णय, ‘देवरा’को प्रदर्शन होल्ड

वि.सं.२०८१ असोज ११ शुक्रवार ११:०३

काठमाडौँ । दक्षीण भारतीय फिल्म ‘देवरा’को नेपाल प्रदर्शन ‘होल्ड’मा राखिएको छ । शुक्रबारदेखि फिल्मको प्रदर्शन गर्ने तयारी भएपनि फिल्म होल्डमा राखिएको हो ।
चलचित्र बिकास बोर्डले रिलिजको चार दिनअगाडि मात्रै सेन्सर भइसक्नुपर्ने निर्णय गरेको थियो । यसअगाडिका बलिउड फिल्ममा भने यस्तो गरिएको थिएन । देवराको हकमा भने बोर्डले बोल्ड निर्णय गरेको छ । बोर्डले सेन्सर सिफारिस लिएको चार दिनपछि मात्र प्रदर्शन गर्न दिने सर्तसहित शुक्रबार बेलुका सेन्सर सिफारिस दिएको छ । यस्तोमा फिल्म सोमबारपछि मात्रै प्रर्दशनमा आउनेछ ।
यो निर्णयसँगै विभिन्न हलहरुले फिल्मको कमिङ सुनवाला पोष्टर हटाएका छन् । केहि हलहरुले फिल्म होल्डमा राखिएको सूचना जारी गरेका छन् । बोर्डले यो पटक भने बोल्ड निर्णय गरेको छ ।
शुक्रबारदेखि भारतसहित विश्वव्यापी रिलिज भएको फिल्ममा जुनिएर एनटिआर, जान्हवी कपुर, श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खान लगायतका कलाकारको अभिनय छ।छ ।

वि.सं.२०८१ असोज ११ शुक्रवार ११:०३