आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

वि.सं.२०८१ फागुन ६ मंगलवार ०६:५०
511
shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा आज सुन प्रतितोला ७ सय रुपैँयाले बढेको हो ।
मंगलबार प्रतितोला सुन एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९७० मा कारोबार भइरहेको छ ।

वि.सं.२०८१ फागुन ६ मंगलवार ०६:५०
511
shares