‘मोहर’को शिर्ष गीतमा पल र नीतिको रोमान्स

2.15K shares

काठमाडौँ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

प्रमोद ढुंगानाको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । गीतमा शरद हुमागाँई र विशाखा शाहीको स्वर रहेको छ । रोमान्टिक गीतमा पल शाह र नीति शाहको रोमान्स देख्न सकिन्छ ।

चुम्बन जंग शाही फिल्मका निर्माता रहेको फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

फिल्म साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

 

2.15K shares