कटुवा पेस्तोलसहित दुई जना भारतीय धनगढीमा पक्राउ
वि.सं.२०८२ असार ८ आइतवार १३:५०
1.46K
shares

काठमाडौँ । नेपाल प्रहरीले धनगढी उपमहानगरपालिका १२ को पटरीघाटस्थित नेपाल–भारत सिमा क्षेत्रबाट कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आइतबार साढे चार बजेतिर नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टोलीले पेस्तोलसहित दुई भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र २० वर्षीय विपिन कुमार रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८२ असार ८ आइतवार १३:५०
1.46K
shares





