कुलिङ पिरियड विवाद छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति निर्माण
वि.सं.२०८२ असार २१ शनिवार १२:२७
1.3K
shares

काठमाडौँ । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ । शनिबार सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको हो ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार समिति ७ सदस्यीय रहनेछ । जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २–२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १–१ जना सदस्य रहनेछन् ।
समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक बर्तौलाले बताए ।
वि.सं.२०८२ असार २१ शनिवार १२:२७
1.3K
shares





