दयाहाङ र प्रकाशले सुरु गरे ‘मिरमिरे’को छायांकन
वि.सं.२०८२ असार २१ शनिवार १२:२०

काठमाडौँ । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । शनिबार पनौती नगरपालिका ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै छायांकन सुरु गरिएको हो ।
३५ दिनको छायांकन सेड्युल रहेको फिल्मको छायांकन काभ्रेपलाञ्चोकका विभिन्न लोकेसनमा हुनेछ । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा र बाल कलाकारहरु शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ तथा नमनराज गजुरेलको अभिनय रहनेछ ।
फिल्ममा निर्देशक शेर्पाकै कथा रहनेछ । फिल्मको निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।
वि.सं.२०८२ असार २१ शनिवार १२:२०





