सूर्यविनायकमा ५० हजार क्षमताको रंगशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा
वि.सं.२०८२ असार २६ बिहीवार १२:५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गरेका छन् । राखेपदुवारा सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् ।
साथै प्रधानमन्त्री ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन समेत राखेपलाई आग्रह गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले गर्ने एनपिएललाई लिएर पछिल्लो समय अन्यौलता छाएको छ । यस्तोमा प्रधानमन्त्री ओलीले एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरेका छन् । उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।
वि.सं.२०८२ असार २६ बिहीवार १२:५३





