दुर्गेशको ‘जाने भए जाम माया’ अमेरिकामा ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत
वि.सं.२०८२ असार २६ बिहीवार १२:४४
1.41K
shares

काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले यतिबेला विश्वभर युट्युब भ्यूजमा बटुलिरहेको छ । गीतले नेपालमा २० घण्टामै १६ लाख ३६ हजार भ्यूज पाएर २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको युट्युब कीर्तिमान रचिसकेको छ ।
यस्तोमा, यो गीतले विहिबार युट्युबमा अर्को कीर्तिमान रचेको छ । गीत अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेको छ । यसअघि कुनै पनि नेपाली गीत ‘संयुक्त राज्य अमेरिका’को ट्रेन्डिङमा आउन सकेका थिएनन् ।
अमेरिकामा यो गीत युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ । त्यो पनि संगीत खण्डतर्फ होइन, रियल टाइम ट्रेन्डिङमा । गीत चाँडै नै युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन सक्नेछ ।
वि.सं.२०८२ असार २६ बिहीवार १२:४४
1.41K
shares












