फिल्म जुध्दा बेनिशालाई दुवै हातमा लड्डु

1.41K shares

काठमाडौँ । अभिनेत्री बेनिशा हमालको अभिनय तारिफ भइ नै रहन्छ । उनले अभिनयमा नेशनल अवार्ड समेत जितेकी छन् । तर, उनको हातमा पछिल्लो समय कुनै गतिलो फिल्म पर्ने सकेको छैन ।

बेनिशाको साउन महिनामा मात्रै दुई फिल्म प्रदर्शन हुँदैछ, त्यो पनि एकै दिन । साउन २३ गते उनको ‘सिटामोल’ र ‘मोहर’ फिल्म प्रदर्शनमा आउँदैछ । हाल उनि दुवै फिल्मको प्रचारमा व्यस्त देखिन्छिन् ।

फिल्म जुध्दा कलाकारलाई तनाव हुन्छ । तर, बेनिशा भने खुसि नै छिन् । हालै एक अन्तवार्ताका क्रममा उनले उक्त दिन मेरा दुवै हातमा लड्डु हुनेवाला छ भनेकी छन् । मोहरको गीत रिलिजका क्रममा उनले त्यस्तो धेरै तनाव नभएको बताएकी हुन् ।

‘सिटामोल’मा उनले ‘झ्यानाकुटी’ जोडि सौगात सँग काम गरेकी छन् भने मोहरमा पल शाहसँग । बेनिशालाई एउटा हिट फिल्मको खाँचो छ । यस्तोमा उनको हिट फिल्मको खडेरी यी दुई फिल्म तोड्लान त भन्ने चासो छाएको छ ।

बेनिशाको अर्को फिल्म ‘कल्ली’ र ‘एक्लो’ पनि चाँडै नै प्रदर्शनमा आउनेछन् ।

1.41K shares