क्याप्टेन रामेश्वर थापाको बायोपिक ‘क्याप्टेन साब’ निर्माण घोषणा
वि.सं.२०८२ असार २६ बिहीवार १०:४८
1.3K
shares

काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशनमा बायोपिक फिल्म ‘क्याप्टेन साब’ बन्ने भएको छ । फिल्मको आज बिहान गौरीघाटमा शुभसाइत गरिएको हो ।
भदौबाट छायांकनमा जाने फिल्ममा क्याप्टेन रामेश्वर थापाको बायोग्राफी देखाइने छ । पाइलट समेत रहेका रामेश्वर व्यवसायी समेत हुन् ।
फिल्ममा नायक खगेन्द्र लामिछाने, नायिका सुरक्षा पन्त र कलाकार सन्जोग रसाइलीको मुख्य भूमिका रहनेछ । कृष्णबहादुर थापाको छायांकन रहने यो फिल्मलाई चितवन र काभ्रेमा खिचिनेछ ।
फिल्मका निर्माताहरुमा निर्देशक दीपेन्द्रको साथमा करण श्रेष्ठ र श्रृष्टिमा खनाल रहेका छन् । फिल्मको कार्यकारी निर्माता सिर्जना नापित हुन् ।
वि.सं.२०८२ असार २६ बिहीवार १०:४८
1.3K
shares





