महिनावारी भएपछि गोठमा सुत्न गएकी युवतीको सर्पले डसेर मृत्यु
वि.सं.२०८२ असार २९ आइतवार ०५:१३

काठमाडौँ । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी) को सर्पदंशबाट मृत्यु भएको छ। महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उनलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो।
उनलार्य उपचारका लागि तत्कालै सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा कमलाको शनिबार मृत्यु भएको हो ।
कमलाका तीन स–साना बालबालिका छन्। मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन्। कमलाको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएको गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ। स्थानीयका अनुसार कमला महिला दुई महिना अघिमात्र भारतबाट घर आइपुगेकी थिइन्।।
कानुनतः निषेध गरिएको भएपनि आज पनि छाउपडी प्रथाले गहिरो जरो गाडेर बसेको छ । यस्तोमा वर्षेनी महिलाहरुको मृत्यु हुने गरेको छ ।
वि.सं.२०८२ असार २९ आइतवार ०५:१३











