‘शार्क ट्यांक’मा एमाले नेतृको ‘शान्ताको अचार’का लागि दुई करोड प्रस्ताव
वि.सं.२०८२ असार २९ आइतवार ११:२६

काठमाडौँ । हालै सञ्चालनमा आएको रियालिटी शो ‘शार्क ट्यांक’मा एमाले नेतृ तथा पूर्व सांसद शान्ता चौधरीको प्रस्ताव अस्वीकृत भएको छ । उनले केहि वर्ष यता शान्ताको अचार व्यवसाय गरिरहेकी छन् ।
युवाहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने र लगानी जुटाइदिने उद्देश्यले सञ्चालनमा आएको रियालिटी शोमा शान्ताको प्रस्तावमाथि कसैले चासो नदेखाएपछि थप लगानीको सम्भावना टरेको हो । उनले ‘शान्ताको अचार’ कम्पनीका लागि दुई करोड लगानीको प्रस्ताव गरेकी थिइन् ।
डेढ वर्षअघि स्थापना भएको कम्पनीले हाल डेढ दर्जनभन्दा बढी प्रकारका अचार उत्पादन गरिरहेको छ । पछिल्लो समय विदेशबाट पनि अचारको माग बढिरहेको तर पुर्याउन नसकिएको भन्दै उनले लगानी प्रस्ताव गरेकी थिइन् । हाल कम्पनीको क्षेत्रफल सानो रहेको र न्यून जनशक्तिले काम गर्दै आएकोमा त्यसलाई विस्तार गर्दै जनशक्ति थपेर ठूलो मात्रामा अचार उत्पादन गर्ने योजना सुनाउँदै उनले दुई करोडको लगानी प्रस्ताव गरेकी हुन् ।
पाँचै जना शार्कले उनको योजना र प्रस्तावमा रुची देखाएनन् । उक्त रियोलिटी शोको केही अंकमै कतिपय युवा स्टार्टअपको लागि न्यूनतम ४० लाखदेखि तीन करोडसम्मको लगानी जुटाउन सफल भइसकेका छन् ।
वि.सं.२०८२ असार २९ आइतवार ११:२६







