रामेछापमा युवतीमाथि खुकुरी प्रहार, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

1.51K shares

काठमाडौँ । रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । बुधबार साँझ एलिसा सुनुवारमाथि खुकुरी प्रहार भएको हो ।

उनलाई सोही ठाउँका ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं ल्याइएको हो । रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारपछि फरार रहेका रजिन भाग्दै गरेको अवस्थामा उमाकुण्डकै भुजी भन्ने ठाउँबाट पक्राउ परेका छन् । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको रामेछाप प्रहरीले जनाएको छ ।

 

1.51K shares