धमाधम क्रिकेटका हस्तीहरुलाई किन भेटिरहेकी छन् अदिती बुढाथोकी ?
वि.सं.२०८२ साउन १९ सोमवार ११:२७

काठमाडौँ । अभिनेत्री तथा मोडल अदिती बुढाथोकी केही समययता लण्डनमा ब्यस्त छिन् । त्यहाँबाट उनि लगातार क्रिकेटका हस्तीहरुसँग गफिएको फोटो भिडियो पोस्ट गरिरहेकी छन् ।
लामो समयदेखि फिल्ममा नदेखिएकी उनि सोसल प्लेटफर्ममा भने सक्रिय छिन् । उनले क्रिकेट हस्तीहरू ब्रेट ली, सुरेश रैना, क्रिस गेलसँग कुराकानी गरेका रमाइला भिडियो पनि सामाजिक संजालमा सेयर गरिरहेकी छन् ।
अदिती लण्डनमा क्रिकेट प्रतियोगिता डब्लुसीएल २०२५ की अफिसियल डिजिटल प्रिजेन्टर हुन् । उनको भूमिका क्रिकेटका दिग्गजसँग विशेष अन्तर्वार्ता लिने, सामाजिक सञ्जालका लागि आकर्षक सामग्री सिर्जना गर्ने हो ।
फिल्मको कुरा गर्नुपर्दा अदितीले ‘कृ’ र ‘बाबरी’मा अभिनय गरेकी थिइन् ।सन् २०१९ मा उनी अमेजन प्राइमको वेबसिरिज ‘इनसाइड एज २’मा पनि देखिएकी थिइन् ।
वि.सं.२०८२ साउन १९ सोमवार ११:२७





