दर्शकले रुचाएनन् प्रकाश सपुतको नयाँ गीत ‘नाइँ भनेसी नाइँ’

2.54K shares

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतको पछिल्लो पटक सार्वजनिक भएको गीत ‘नाइँ भनेसी नाइँ’लाई दर्शकले रुचाउन सकेनन् । सुपुतले आफ्नै पाँच वर्षअघिको गीत ‘बदला बरिलै’को दोश्रो भागका रुपमा नयाँ गीत बजारमा ल्याएका हुन् । शुक्रबार सार्वजनिक भएको गीतले दर्शकको अपेक्षाकृत माया पाउन सकेन ।

पछिल्लो समय उनि फिल्ममा अत्याधिक व्यस्त छन् । फिल्ममा अभिनय गर्नु अगाडि उनले ल्याएका गीतहरु दर्शकको मुखमै झुण्डिएका छन् । उनका गीतहरु सार्वजनिक हुनेवित्तिकै लाखौँ दर्शकको माया पाइहाल्थे । तर, ‘नाइँ भनेसी नाइँ’ लाई दर्शकले नाइँ भनेका छन् ।

गीतको भिडियोमा अभिनेत्री रेखा थापाले अभिनय गरेकी थिइन् । मनोरन्जन फिल्म करिअरकै दोश्रो म्युजिक भिडियो गरेकी रेखालाई पनि दर्शकले रुचाउन सकेनन् । शुक्रबार सार्वजनिक भएको गीतलाई सोमबार बेलुकी सम्म ४ लाख ७८ हजारभन्दा बढी पटक हेरिएको छ । प्रकाशका यसअगाडिका गीतहरुले २४ घण्टामै १० लाख बढी भ्युज पाएका थिए।

भ्यूजको कुरा एकातिर छाड्ने हो भने प्रकाशले सन्देशमूलक गीत भनाएका छन् । हेर्ने दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन् । गीतमा आफ्नो शरिरमा आफ्नै अधिकार हुन्छ भन्ने सन्देश दिन खोजिएको छ। यसमा प्रकाशले जबरजस्तीकरणी विरूद्दको आवाज उठाएका छन्।

गीत्मा शब्द तथा संगीत प्रकाश सपुतको छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानले दिएका छन्। भिडिओमा रेखासहित सिम्रन खड्का, संजोग रसाइली, प्रकाश सपुतलगायत छन्।

2.54K shares