एमालेबाट भरत केसी बागमती प्रदेशको मन्त्री बन्दै, किरण दोहोरीए

4.62K shares

काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेसको आन्तरिक जीवनमा उथलपुथल आएपछि छैठौँ मुख्यमन्त्रीको रुपमा इन्द्र बहादुर बानियाँ नियुक्त हुँदैछन् । सोमबार प्रदेश प्रमुखको कार्यालमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सभापती बानियाँले दाबी पेश गरिसकेका छन् ।

बानिँयाले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकार गठनका लागि दिएको दिउँसो २ बजेको समयपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम तय गरेको छ ।

नयाँ बन्ने प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापा मात्रै दोहोरिने भएका छन् । नयाँ बन्ने मन्त्रीमा दोलखाका भरतबहादुर केसी पक्का भएका छन् । दोलखा प्रदेशसभा ख बाट निर्वाचित केसी अघिल्लो पटक पनि मन्त्री बन्ने सूचिमा थिए । तर, अन्तिममा उनि लिष्टबाट हटाइए ।

यो पटक केसीलाई मन्त्री बनाउने सहमति भएको एमाले उच्च श्रोतले जनाएको छ । वन तथा वातावरण मन्त्री केसीलाई बनाउने सहमती भएको एमालेका एक नेताले बताए ।

4.62K shares