०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी

2.98K shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले २०८४ सालको निर्वाचनमा रास्वपाले १९० सिट जित्ने दाबी गरेका छन्। शनिबार काठमाडौँको जडीबुटीमा दोलखा मेलुङ–सैलुङ सम्पर्क विभागले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खनालले १९० सिट ल्याउने दाबी गरेका हुन् ।

कार्यक्रममा खनालले अहिले भइरहेका १९ जना सांसदल संसद हल्लाएको बताएका छन् । संसदमा कांग्रेस र एमालेका सांसदले रास्वपाका सांसदमाथि आक्रमण गरेको उनको आरोप छ ।

कांग्रेस एमाले लगायतका दलहरुको मनमा रास्वपाका सांसदले ढ्याङ्ग्रो पिटिरहेको खनालले बताए । अहिले १९ जनाले धौधौ पारिरहेका छन्, ८४ मा १९० हुने भए भनेर ठुला दल भएमा भएको खनालले बताए ।

2.98K shares