रेखा र पूजाको ‘३६ को आँकडा’को शुभसाइत
वि.सं.२०८२ साउन ३१ शनिवार ११:४१

काठमाडौँ । सविर श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘३६ को आँकडा’को शुभसाइत गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा फिल्मको शुभसाइत गरिएको हो ।
सोमबारबाट छायांकनमा जाने फिल्मलाई काइट्स इन्टरटेन्मेन्ट प्रा.लि. र रेखा फिल्मस्को व्यानरमा निर्माण गरिनेछ । फिल्ममा शिवम् अधिकारीको लेखन, सुरेश अधिकारीको संगीत, ईश्वर सिंकेमनको छायांकन रहने छ ।
फिल्ममा रेखा थापा, पूजा शर्मा, पुष्प खड्का, महेश त्रिपाठी, सुवर्ण थापा र निरुता सिंह लगायतका कलाकारको अभिनय रहनेत । पुष्प र निरुताले यहि फिल्मबाट कमब्याक गर्दैछन् ।
शुभसाइतको साथै फिल्मको एउटा पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा रेखा प्रहरी अफिसरको भूमिकामा छिन भने पूजाको हातमा हतकडी लगाइएको छ । फिल्ममा रेखाको जोडीको रुपमा महेश र पूजाको जोडीको रुपमा पुष्पले काम गर्नेछन् ।
वि.सं.२०८२ साउन ३१ शनिवार ११:४१





