सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको कति ?
वि.सं.२०८२ भदौ २७ शुक्रवार ०६:५७
1.9K
shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको थियो।
वि.सं.२०८२ भदौ २७ शुक्रवार ०६:५७
1.9K
shares




